prabhu

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक छ । कम्पनीले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक गरेको हो । काठमाडौंमा सम्पन्न एक कार्यक्रम मार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल द्वारा उक्त योजना सार्वजनिक गरेका छन् ।
बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिका बाट आर्थिक सुरक्षामा टेवा पुर्यााउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
यस विशेषताले ग्राहकहरुलाई बीमा योजना अनुसारको आफ्नो बीमाशुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज हुने कम्पनीले जनाएको छ । साथै उक्त कर्यक्रमको अवसरमा कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ । सिटिजन लाईफ इन्स्योरेन्सको ६२ वटा कार्यालयहरु रहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै