सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बङ्गलादेश बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका वडा नंं ७, गौशाला, पशुपति क्षेत्र स्थित पशुपति क्षेत्र विकास कोष पशुपतिनाथ मन्दिर परिसरमा (गौशाला चोक देखि उत्तर तर्फको बाटो देखि भुवनेश्वरी चोक सम्म) वृक्षारोपण गरेको छ ।
उक्त कार्यक्रमको औपचारिक समुद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना लगायत बेैँकका संचालकहरुद्वारा संयुक्त रुपमा गरिएको थियो ।
बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पु¥याउने उदेश्यले उक्त क्षेत्रमा विभिन्न बहुमुल्यप्रजातीका रुखहरुको वृक्षारोपण गरेको छ । बैंकले उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आईरहेको छ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएकोे छ। बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्