PRABHU BANK

राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँ

काठमाडौं – ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे ।
सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएको नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु. सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहने छ । जसअनुसार संस्थाले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै