prabhu

कैलाश विकास बैंक र सुमेरु अस्पतालबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा १०% छुट

काठमाडौं – कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ ।
बैंकको हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ पुगेका छन् । निकट भविष्यमा देशका बिभिन्न ७ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।
यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।a

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै