PRABHU BANK

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा सञ्चालन

Civil Bank
  • बैंकिङ संसार
काठमाडौँ । सिभिल बैंकले इलाम जिल्ला, सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी थिइन् ।
‘एक्सटेन्सन काउन्टरको उद्धघाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्।’ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । साथै बैंकले गत आसर मसान्त सम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै