PRABHU BANK

उदयपुर र सप्तरीमा कामना सेवा विकास बैंकको शाखा विस्तार, ७७ स्थानमा शाखा सञ्जाल

 Kamana Sewa Bikash Bank

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले उदयपुर र सप्तरी जिल्लामा शाखा बिस्तार गरेको छ । उदयपुरको त्रियुगा र सप्तरीको राजविराजमा बुधबार ७६औं र ७७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा बिस्तारलाई निरन्तरता दिने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै