PRABHU BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका ९ अभिकर्ताहरु बीमा सम्राटद्धारा सम्मानित

 Life Insurance Corporation Nepal

काठमाडौं – एलआईसी नेपालले देशभरी बाट छानिएका बीमा सम्राट अभिकर्ताहरु लाई सम्मान गरेको छ । इलाममा आयोजित कार्यक्रममा कम्पनीले ९ जना अभिकर्ताहरु लाई सम्मान गरेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले व्यवसायिक उच्च तहका अभिकर्ताहरुलाई बीमा सम्राट अभिकर्ता भन्ने गर्दछ । कम्पनीले व्यापार वृद्धि कार्य सम्पादन, बीमा विषयको ज्ञान र व्यवसायिक उच्च आचारणका आधारमा बीमा सम्राट अभिकर्ताको सम्मान प्रदान गर्ने गर्दछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मानितहरुलाई बधाई दिदैं आफ्नो कार्यलाई अविचलित भई निरन्तरता दिन आग्रह गरे । नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले छोटो अवधिको फाइदालाई मात्र नहेरी नैतिक मान्यताको सिद्धान्तलाई पनि आधार वनाएर जीवन बीमाको मार्केटिङ गर्न अभिकर्ताहरुलाई आग्रह गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै