सिन्धु विकास बैंक र लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

 Sindu Bikash BankSindhu Bikas Bank

काठमाडौँ – सिन्धु बिकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे ।
यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्