PRABHU BANK

२०७६ सालमा कुन कुन दिन बैंकमा बिदा छ हेर्नुहोस् (सूचिसहित)

 Nepal Rastra Bank

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा हुने बिदा सार्वजनिक गरेको छ । राष्ट बैंकले विभिन्न पर्व, दिवस, जात्राका अवसर गरी २१ प्रकारका बिदाको सूचि सार्वजनिक गरेको हो । यी बाहेक नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने जनाइएको छ ।
यस्तै २०७६ बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ कारोबारको समय निर्धारण गरिएको छ । साथै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकिङ कारोबार हुने उल्लेख छ ।
प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म मात्र बैंकिङ कारोबार हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै