PRABHU BANK

मर्जर प्रकृयामा रहेको तिनाउ विकास बैंकको खुद नाफा १३.३६ प्रतिशतले वृद्धि, अन्य सुचकको अवस्था कस्तो ?

 Tinau Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं – मर्जर प्रकृयामा रहेको तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले १३.३६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । 
यस्तै बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । खुद ब्याज आम्दानी २०.७० प्रतिशतले वृद्धि गरी १४ करोड ५० लाख २८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५.७५ प्रतिशतले बढाएर ८ करोड २८ लाख २६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
बैंकले ५ अर्ब ३१ करोड ८२ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५७ करोड ८३ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
हाल बैंकको चुक्ता पुँजी बढेर ५६ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १३ करोड ९९ लाख ३ हजार रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै