एनआईसी एशिया बैंकमा बाफियाविपरित गाडी खरिद भएको खुलासा, आफ्नैलाई टेन्डर दिन यस्तो सेटिङ !

  • बैंकिङ संसार डटकम
काठमाडौँ – आफ्नो भजन गाउने केहि मिडियाहरुलाई हातमा लिएर र नेपाल राष्ट्र बैंकका केहि कर्मचारीहरुलाई समेत प्रभावमा पारेर एनआइसी एसिया बैंकले जनताको पैसामा मनपरी गर्न थालेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आफ्नै छोराको कम्पनी एडभान्स मोटर्समार्फत करोडौंको गाडी खरिद गरेको पाइएपछी बैंकभित्र कतिसम्म अनुसासनहिनताले प्रसय पाएको छ भन्ने तथ्य उदांगो भएको छ ।
अध्यक्ष अग्रवालका छोरा निकुञ्ज अग्रवाल सञ्चालक रहेको नेपालको लागि रिनल्ट गाडीको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिमार्फत करोडौं रुपैयाँ बराबरको गाडी एनआइसी एसियाले खरिद गरेसंगै उसले संस्थागत सुशासन सम्बन्धि निर्देशिका अटेर गरेको खुलासा भएको हो । अझ अचम्मको कुरा त के छ भने कानुनले बर्जित गरेको २० प्रतिशत नाफा भन्दा बढी लिएर कम्पनीले एनआइसी एसियालाइ गाडी बेचेको छ । रिनल्ट ब्राण्डका विभिन्न मोडलका गाडीहरु नेपाली बजारमा २२ लाख २४ हजार पाँच सय ३३ रुपैयाँदेखि ५३ लाख ९२ हजार छ सय ७० रुपैयाँसम्म पर्ने भए पनि अध्यक्ष अग्रवालकै विशेष दबाबमा बैंकले बजार मूल्यभन्दा निकै उच्च मूल्यमा ती गाडीहरु खरिद गरेको हो ।

अध्यक्ष अग्रवालका छोरा निकुञ्ज अग्रवाल सञ्चालक रहेको नेपालको लागि रिनल्ट गाडीको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिमार्फत करोडौं रुपैयाँ बराबरको गाडी एनआइसी एसियाले खरिद गरेसंगै उसले संस्थागत सुशासन सम्बन्धि निर्देशिका अटेर गरेको खुलासा भएको हो । 

बैंकिङ संसार डटकमलाइ ‘प्रोक्रुमेन्ट विभाग’बाट प्राप्त भएको गोप्य जानकारी अनुसार बैंकले एडभान्स अटोमोबाइलबाट रिनल्ट ब्राण्डको डस्टर गाडी खरिद गरेको हो जुन पेट्रोल इन्जिनयुक्त गाडी हो । बैंकले प्रचलित बजार मूल्यभन्दा निकै महंगो शुल्कमा गाडीहरु खरिद गरेको हो । बैंकका अध्यक्षकै छोराको कम्पनीमार्फत गाडी खरिद गरेको कुराको बैंकभित्र र बाहिर चर्को विरोध भएको थियो । यो विरोधलाई साम्य पार्न एनआईसी एसिया बैंकले राष्ट्र बैंकका केही उच्च अधिकारीहरु समेतलाई प्रभावमा पारेको छ । रिनल्ट ब्राण्डको गाडी खरिदको विषयमा केही सेयरधनी र सञ्चालकहरुले भने विरोध गरेपछि बैंकले दोस्रो लटमा भने कुनै दोस्रो कम्पनीमार्फत गाडी खरिद गरेको थियो ।
यस विषयमा हामीले बैंकमा सम्पर्क गर्दा यस विषयमा अर्जुन खनियाँलाइ थाहा हुने बताइयो । त्यसपछि हामीले यस विषयमा बुझ्न खोज्दा बैंकका बरिष्ट अधिकृत अर्जुन खनियाँ सम्पर्कमा नै आउन चाहेनन् । हामीले पटक पटक उनलाई फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् । प्रोक्रुमेन्ट विभागका कर्मचारीहरुले भने अर्जुन खनियाँ, बैंकका अध्यक्ष अग्रवाल र सीइओ रोशन न्यौपानेको सल्लाहमै यस्तो काम भएको थियो । यस विषयमा बैंकका डेपुटी सीइओले भने आफ्नो धारणा यस्तो गर्न नहुने भन्ने रहेको स्रोतको दावी छ । यद्यपी उनलाई सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आएनन् ।

यो पनि पढ्नुहोस्


HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्