राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

 rastriya banijya bank
  • बैंकिङ संसार 
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनीबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक कम्पनी संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचारका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्