prabhu

सिभिल बैंक लिमिटेडको खुद नाफामा ४७.२०% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७४ पैसाले घट्यो…!

 civil bank
  • बैंकिङ संसार
काठमाडौं – सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.२०% ले वृद्धि गरी ४९ करोड ३८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ३३ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश ७०.१९% र २८.२३% ले  वृद्धि भएको छ। खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुगेको छ भने ७६ करोड ५७ लाख ६२ हजार रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म बैंकले ३९ अर्ब ९२ करोड ७९ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ४१ करोड २० लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। 
बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँरहेको छ । जगेडा कोषमा १ अर्ब ६३ करोड ९९ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा २ रुपैयाँ ७४ पैसाले घटेर ६ रुपैयाँ १७ पैसामा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ०१ पैसा छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै