prabhu

ग्राहकलाई नक्कली नोट भिडाउने ज्योति बिकास बैंकको अर्को कर्तुत, फिर्ता भएको चेकको रकमसमेत काटियो (प्रमाणसहित)

  • बैंकिङ संसार 
काठमाडौँ – यसअघि ग्राहकलाई नक्कली अष्ट्रेलियन डलर भिडाएर दु:ख दिएको बैंकले  फेरि ग्राहकलाई दुख दिएको पाइएको छ । २०७६ साल बैसाख १६ गते बैंकमा भुक्तानीका लागि पेश गरिएको चेक फिर्ता भएको भएपनि उक्त रकम भने बैंकले काटेको भनी एसएमएस गरेको छ । यसले बैंक कतिसम्म लापरवाही गर्छ र आफ्ना ग्राहकलाई कतिसम्म दु:ख दिन्छ भन्ने प्रमाणित भएको छ ।
हेर्नुहोस् ग्राहकले भुक्तानीका लागि पेश गरेको भएपनि फिर्ता भएको चेक 
हेर्नुहोस् ग्राहकको मोबाइलमा आएको पैसा काटिएको एसएमएस 
बैंक भन्छ : ४५ दिनपछि रकम फिर्ता हुन्छ 
यस विषयमा बैंकका कर्मचारीको तर्क अझै अचम्मलाग्दो छ । बैंकमा यसरी पैसा काटिएको एसएमएस आएको बारे सोध्दा बैंकका कर्मचारीले यसरी त्रुटीबस् काटिएको रकम ४५ दिनभित्र जम्मा हुने बताएका छन् । तर ४५ दिनसम्म उक्त रकम फ्रीज भएको क्षतिपूर्ति कसले दिन्छ भन्ने प्रश्नमा ती कर्मचारीले भनिन्, ‘क्षतिपूर्ति दिने व्यवस्था छैन ।’   

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै