ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीले बि.एण्ड सी. हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने

  • बैंकिङ संसार
काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोड, झापाबीच सोमबार स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र ग्लोबल आइएमई बैंक बिर्तामोड शाखाका शाखा प्रबन्धक पवनकुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोड, झापामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै