PRABHU BANK

अपर तामाकोशी हाईड्रोपावरले १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव

Upper Tamakoshi Hydropower
  • बैंकिङ संसार
काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । भदौ ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । साधारण सभा प्रयोजनका लागि साउन १८ गते बुक क्लोज गरिएको छ । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना महिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै