PRABHU BANK

लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

 laxmi bank
  • बैंकिङ संसार  
काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बैंकले बाँकी १२ लाख इकाई भने अरु संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०५ लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । 
सो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै