PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा कैलाली जिल्लाको टीकापुरमा विस्तार, १ सय ८४ पुग्यो शाखा सञ्जाल !

 prabhu bank
  • बैंकिङ संसार
काठमाडौँ – प्रभु बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको टीकापुर नपा वडा नं.१ मा टीकापुर शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको टीकापुर नपाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको रहेको थियो ।
टीकापुर शाखा समेत गरी बैंकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै