PRABHU BANK

सान्जेन जलविद्युत कम्पनीको आइपीओ बिक्री खुला, कहिले सम्म दिन पाइन्छ आवेदन ?

Sanjen Jalavidhyut Company
  • बैंकिङ संसार
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले भदौ ५ गते (आज) देखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दालका लागि उक्त सयेर निष्काशन गर्न लागेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा असोज ४ गतेसम्म आइपीओ खुला रहनेछ । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धकको काम गर्ने भएको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै