prabhu

सीआईबीद्वारा बैंकिङ कसुरमा संलग्न तीन जना पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा संलग्न तीन जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सीआईबीका अनुुसार किर्ते अग्रिम भुक्तानी जमानत तयार गर्ने बैंकिङ कसुर कार्यमा संलग्न तीन जना प्रतिवादीलाई आइतबार विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने झापा महारानी झोडा ९ का ५४ वर्षीय छविलाल ढकाल, धनकुटा महालक्ष्मी नगरपालिका ७ बस्ने ५३ वर्षीय रणधीर तुम्बा र ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने बाजुराका ३८ वर्षीय देवजंग शाही रहेको सीआईबीले जानकारी दिएको छ । उनीहरुमध्ये ढकाललाई भक्तपुरबाट, तुम्बालाई सुनसरी धरानबाट र शाहीलाई ललितपुरबाट प्रहरीले पक्राउ गरिएको केन्द्रीय अनुुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए। 
प्रवक्ता रेग्मीका अनुसार कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याड समेत अनधिकृत रुपमा दुरुपयोग गरी उक्त बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (निलम्बित) ढकाल तथा बबरमहल काठमाडौंका आधिकारिक प्रतिनिधिद्वय तुम्बा र शाही समेतको मिलेमतोमा बैंकलाई हानि/नोक्सानी पु-याउने बदनियत राखी १० जुन २०१६ मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेस गरेको अनुसन्धानबाट खुुलेको छ । उनीहरुउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले भनाइ छ । (आर्थिक दैनिकबाट)

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै