कामना सेवा विकास बैंकद्धारा श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख रुपैयाँ सहयोग

 kamana sewa bikash bank
  • बैंकिङ संसार
काठमाडौँ – कामना सेवा विकास बैंकले श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले लेखनाथ, किंमबेसी स्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका सञ्चालक द्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस , एसएमस बैंकिङ्ग, माबाईल बैंकिङ्ग, इ आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer