PRABHU BANK

एनएमबी बैंकको ६६ हजार ६ सय ३० कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका हुन् । 
बैंकका संस्थापक सेयरधनी विजय मान बहादुर फागुले आफ्नो नाममा रहेको ५२ हजार ३ सय ५ कित्ता र भानु भक्त शर्माले १४ हजार ३ सय २५ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै