PRABHU BANK

नेसनल हाइड्रोपावरले बोलायो शुक्रबार विशेष साधारण सभा, हकप्रद सेयर जारी गर्ने प्रस्ताव

National Hydropower
  • बैंकिङ संसार
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबार (भदौ १० गते ) विशेष साधारण सभा बस्ने भएको छ । गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । संस्थाको साधारणसभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीबार भदौ २ गते बुक क्लोज गरेको छ । तसर्थ, भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै