PRABHU BANK

सामाजिक उत्तरदायित्व अन्तर्गत स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा माइती नेपाललाई ३७ लाख रुपैयाँ र २० ओटा ल्यापटप हस्तान्तरण

standert chartered bank
  • बैंकिङ संसार 
काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई सहयोग गरेको छ । बैंकले ३७ लाख र २० ओटा ल्यापटप दिएर सहयोग गरेको हो । ‘स्ट्यान्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरू’ योजना अन्तर्गत बैंकले स्यानिटरी प्याड उत्पादन र अन्य प्रयोजनका लागि उक्त रकम सहयोग गरेको बताएको छ ।
बैंकले केही समयअगाडि दुई ओटा स्यानिटरी प्याड बनाउने मेशिन पनि सहयोग गरेको उल्लेख गरेको छ । बैंकले प्याडको उत्पादनबाट महिनावारीका समयमा महिलाहरूलाई सरसफाइका लागि कम मूल्यमा प्याड उपलब्ध हुने उल्लेख गरेको छ । ल्यापटपको प्रयोगबाट माइती नेपालका किशोरी तथा महिलाले प्रविधिबारे जानकारी हासिल गर्ने बैंकको भनाइ छ ।
माइती नेपालमा आयोजित सहयोग कार्यक्रममा बैंकका कर्पोरेट मामिला ब्रान्ड तथा मार्के्टिङ प्रमुख प्रनु सिंहले स्यानिटरी प्याडको उत्पादन र प्रयोगबाट किशोरी तथा महिलाको जीवनस्तर र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै महिला सबलीकरणमा बैंकले सहयोग जारी राख्ने उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै