prabhu

विकट डोल्पामा पुग्यो प्रभु बैंकको शाखा, तनहुँको बन्दीपूरबाट पनि सेवा संचालन !

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ – प्रभु बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्ग र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या १९३ पुगेको छ । बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्ग र डुम्रे शाखा कार्यालयको समुद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।
शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूत आपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक प्रविधी सहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ ।
शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलेर संचालनमा ल्याइसकेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै