काठमाडौँ। नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ परेका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ९, ककनीमा दशैँका लागि बोका किन्दा नक्कली नोट दिने दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन्।
बोका किन्दा उनीहरूले १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेका थिए। कारोबार गर्दा नक्कली नोट दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।


