PRABHU BANK

हिम पर्वत हाइड्रोपावरको भदौ २२ गते वार्षिक साधारण सभा बस्ने, के-कस्ता छन् प्रस्तावहरु ?

Him Parbat
  • बैंकिङ संसार
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडको भदौ २२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित सभा हुने भएको हो । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधार सभा गर्ने निर्णय गरेको हो ।
यस सभामा कम्पनीको आइपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव रहेको बारे कम्पनीले अवगत गराएको छ । साथै सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । सभा कम्पनीको रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै