PRABHU BANK

किन माग्यो नेप्सेले माछापुच्छ्रे बैंकसँग स्पष्टीकरण ! ( सूचनासहित)

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौँ । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले माछापुच्छ्रे बैंकलाई स्पष्टीकरण मागेको छ । नेप्सेले एकसूचना जारी गर्दै बैंकले लाभांश घोषणा बारेको सूचना ढिलो दिएकाले कारणसहित स्पष्टीकरण मागेको हो । 
बुधबार सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेतापनि नेप्सेलाई भने बिहीबार (भदौ १२ गते) बजार खुलेपछि मात्र जानकारी गराएको थियो । नेप्सेलाई बैंकको सञ्चालक समितिले निर्णय तत्काल जानकारी गराउनुपर्ने प्रावधानलाई उल्लंघन गरेपछि ३ दिन भित्र जवाफ दिन अनुरोध गरेको छ । 
बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ११% नगद र ५% बोनस दिने निर्णय गरेको थियो । बैंकले अघिल्लो वर्ष १०% मात्र नगद लाभांश दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै