PRABHU BANK

सनराइज बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्रली र ह्वील चियर हस्तान्तरण

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ । बुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी गराएकी हुन् । सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए ।
बैंकले हरेक बर्ष आफ्नो नाफाको १५ संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १ सय ५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै