PRABHU BANK

नेपाल बैंकले संविधान दिवसको अवसरमा गर्यो रक्तदानदेखि नयाँ कर्जा सेवाको शुभारम्भ !

nepal bank
  • बैंकिङ संसार 
काठमाडौँ । नेपाल बैंक लिमिटेडले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसंग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रमको आयोजना गरेको छ । 
सो अवसरमा बैंकले सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार बनाउन उद्योग वा व्यवसाय विस्तारका लागि सम्बृृृद्धि व्यवसाय र सेवाग्राही कर्जा, वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ्ग कर्जा लगायतका नयाँ कर्जा सेवाहरु समेत सुरुवात गरेको जनाएको छ ।
यसैगरी बैंकद्वारा सञ्चालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरेका हुन् । यसै अवसरमा बैंकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरे । त्यसैगरी बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी सम्पन्न गरियो । साथै बंैकद्वारा यसै सप्ताहान्तमा नेपालको वर्तमान संविधानबारे वरिष्ठ संविधानविद पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
राष्ट्रिय दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोेज १ देखि ४ गतेसम्म प्रधान कार्यालय एवम् विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको नेपाल बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै