PRABHU BANK

हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर बिक्री गर्न विद्युत् नियमन आयोगको पायो अनुमति

Himal Dolkha Hydropower
  • बैंकिङ संसार
काठमाडौं । विद्युत् नियमन आयोगबाट हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्व स्वीकृति पाएको छ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।
आयोगले हिमाल दोलखालाई १ बराबर शून्य दशमलब ७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । कम्पनीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको छ । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै