PRABHU BANK

प्रभु बैंकको खुद नाफा ६२ करोड, जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ !

 prabhu  bank
काठमाडौं । प्रभु बैंकले ६२ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५.०१% ले वृद्धि गरी ६२ करोड कमाएको हो । गत वर्ष बैंकले ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २८.२७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६७.१२ रुपैयाँ छ । बैंकको प्रति सेयर मूल्य २८० रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने ५ करोड ५७ लाख रुपैंयाँमात्रै रहेको छ ।
८ अर्ब ८९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । साउनदेखि असोजसम्मको यो अवधिमा बैंकले १ खर्ब ६ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ९१ अर्ब ६८ करोड कर्जा लगानी गरेको छ । 
बैंकको स्प्रेड दर ५.१५%, खराब कर्जा ३.३२%, आधार ब्याजदर ९.२४%  र कस्ट अफ फण्ड ६.१५%  छ । यस्तै खुद ब्याज आम्दानी २४.१०% र सञ्चालन नाफा ९.०१% ले बढाउन सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै