PRABHU BANK

एनएमबि बैंकका ग्राहकलाई खुशीको खबर, बैंकले ३५% लाभांश दिँदै !

 nmb bank
काठमाडौं । एनएमबि बैंकले सेयरधनीहरुलाई ३५% लाभांश दिने निर्णय गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २१% बोनस सेयर र १४% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ । 
 नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै