काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला रामेछाप रामेछाप नगरपालिका वडा नं. ०४ घर भई हाल जिल्ला काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने २२ वर्षका हरी चन्द्र आले मगर रहेका छन्।
मगरविरुद्द रोहिना कुमारी नेगीले जाहेरी दिए की थिइन्। बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेका मगर हाल प्रहरीको नियन्त्रणमा छन्।
प्रहरी टोलीले भदौ ८ गते थापाथलीबाट उनलाई पक्राउ गरेको हो। उनीमाथि एक करोड ६२ लाख रुपैयाँ बिगो तोकिएको थियो।
प्रहरीले पठाएको सूचना अनुसार हाल यस घटनाको थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि मगरलाई जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौँ पठाईएको छ। यस्तो छ प्रहरीले पठाएको सूचना:



