PRABHU BANK

महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाद्वारा नन्दी माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री प्रदान

 mahalaxmi bikash bank
काठमाडौं । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले काठमाडौं महानगपालिका –१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामाग्री प्रदान गरेको जनाएको छ ।
त्यसैगरी, बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित खगेन्द« नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो ।
उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै