PRABHU BANK

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र निष्काशन, ब्याजदर कति ?

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौँ । कुमारी बैंक लिमिटेडले शुक्रबार (भदौ १७ गते) बाट ऋणपत्र निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
सो कम्पनीको कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । त्यसैगरी सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। यसमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन पाइनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भदौ ३१ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्ने भएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै