PRABHU BANK

नियमित व्याज तिर्ने ग्राहकलाई महालक्ष्मी विकास बैंकले फिर्ता गर्यो प्रशासनिक शुल्क…

 mahalaxmi bikash bank
  • बैकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/व्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्य सहित बैंकले ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता/व्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क फिर्ता गरेको हो ।
बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक वर्षकाे असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरुमा समेत कर्जाको किस्ता/व्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ ।
बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै