PRABHU BANK

सिटिजन्स बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ व्याज ?

 citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैँया बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्ने उक्त ऋणपत्रमा १० दशमलव २५ प्रतिशत व्याज पाइनेछ । 
कुल २५ लाख ऋणपत्रमध्ये बैंकले १० लाख कित्ता सर्वसाधारणलाई र १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री गर्नेछ । सो ऋणपत्र १० वर्ष अवधिको हुनेछ । बैंकको २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्रा एलबिबिबि प्लस दिएको छ । ऋणपत्र विक्री प्रबन्धकमा बैंकले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ । 
बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम। र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै