PRABHU BANK

बाल अस्पताल निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकले दियो ५० लाख रूपैयाँ

 rastrya badijya bank
  • बैंकिङ संसार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले मुटु रोग विशेषज्ञ डा.भगवान कोईरालाको अगुवाईमा बन्न लागेको बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँको पनि चेक हस्तान्तरण गरेको हो ।
सो सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.भगवान कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
बैंकका सीईओ श्रेष्ठले बैंकले सधैं शिक्षा स्वास्थ्यमा प्राथमिक दिएको बताउँदै उनले यो अभियानका सरिक हुन पाउँदा खुसी भएको बताए । २७ बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक रहेको उनले बताए । कुल सहलियतपूर्ण कर्जा वितरणमा रा वा बैंकले ५० प्रतिशत हिस्सा ओगटेको उनको भनाई छ।
५० लाखको चेक बुझ्दै डा।भगवान कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने बताए । किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । जसकालागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको किओचले जानकारी गराएको छ ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै