PRABHU BANK

बैंक अफ काठमाण्डूले ल्यायो ‘बिओके भिसा नगद फिर्ता’ योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

 bank of kathmandu

  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले ‘बिओके भिसा नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्डवाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।
कार्डवाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इ-कमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इ-कमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ ।
बैंकको उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।
बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै