PRABHU BANK

गरिमा विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेकोबीच सम्झौता, फुड एण्ड वेभरेजमा १५% छुट

  • बैंकिङ संसार
काठमाडौँ । गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ बीच सम्झौता भएको छ । रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५% छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतामा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठबीच हस्ताक्षर भएको हो ।
गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिँदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै