PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको हेरिटेज होटेलमा विशेष छुट सुविधा

 citizens bank ltd

  • बैंकिङ संसार 
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै