PRABHU BANK

नबिल बैंक र टेस्ला डाईगोनोस्टिकबीच सम्झौता, बैंकका ग्राहकहरुले क्लिनिकमा बिशेष सहुलियत पाउने !

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौँ । टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
टेस्लाको कार्यालय बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौतासंगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । 
११८ वटा शाखा, १७६ वटा एटिएमहरुको संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसंगै अघि बढ्ने बैंकले विश्वास राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै