PRABHU BANK

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच भयो व्यवसायीक सम्झौता,पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८% व्याजमा पाइने

 civil bank ltd
  • बैंकिङ संसार
काठमाण्डौं ।  सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्सबाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्सको सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक ब्याजदर ६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ ।
बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै