PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लूक्रस हस्पिटलमा १० प्रतिशत छुट

 siddhartha bank ltd
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल १८५ वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै