PRABHU BANK

राष्ट्र बैंकद्धारा बैंकहरुलाई साढे ३५ करोड रुपैयाँ निक्षेप दिँदै

  • बैंकिङ संसार
काठमाडौं । कोरोनाका कारण सिंगो अर्थव्यवस्थाले अप्ठेरो अवस्थाको सामना गरिरहँदा नेपाल राष्ट्र बैंकले साढे ३५ करोड रुपैयाँ निक्षेप बैंकहरुलाई दिने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ३५ करोड ५९ लाख रुपैयाँ क, ख र ग बर्गका वित्तीय संस्थाहरुलाई निक्षेप लगानी गर्न लागेको हो ।
एक वर्षे अवधीको निक्षेपका ‘क’ वर्गका वाणिज्य बैंकमा २८ करोड ७९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ५ करोड ३९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ७९ लाख रुपैयाँ गरी कूल ३५ करोड ९७ लाख रुपैयाँ लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले उक्त रकम २०७७ जेठ १ गतेदेखि एक वर्षको लागि राखिने निक्षेपका लागि केन्द्रीय बैंकले आवेदन माग गरेको छ । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी बैशाख १२ गतेसम्ममा बोल कबोल पेश गर्न भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै