PRABHU BANK

मेगा बैंकका ग्राहकले १० प्रतिशत छुटमा घरमै बसेर औषधि पाउने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले घरमै बसेर विशेष छुटमा औषधि खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा बैंकले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको जनाएको छ । औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकलाई १० प्रतिशतसम्मको छुट दिने सहमति भएको जनाइएको छ ।
मेगा बैंकका ग्राहकले काठमाडौंको तीनकुनेस्थित केन फार्मेसीमा सम्पर्क गरी वा केनको आधिकारिक फेसबुक पेजबाट आवश्यक औषधि खरिद गर्न सक्ने जनाइएको छ । कोरोना भाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको बैंकले जनाएको छ । 
यसका साथै बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै