prabhu

राष्ट्र बैंकको ३६ करोड निक्षेप लिन ११ वटा शर्त पुरा गर्नुपर्ने, यस्ता छन् शर्तहरु

  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई  ३६ करोड निक्षेप दिने भएको छ । राष्ट्र बैंकले लगानी सम्बन्धी सुचना जारी गर्दै १ बर्षका लागि रु. ३५ करोड ९७ लाख निक्षेप दिने बताएको हो । 
यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा २८ करोड ७९ लाख रुपैयाँ, विकास बैंकमा ५ करोड ३९ लाख रुपैयाँ मुद्दती निक्षेपमा दिनेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १ करोड ७९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ । 
राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ सम्म निक्षेपमा दिनेछ र राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ । 
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले बैशाख १२ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै