PRABHU BANK

नबिल बैंककाे “ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग” सेवा सुरु, के-के छन् फाइदा ?

 nabil bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरूलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । साथै, ग्राहकहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरू समेत गर्न सक्नेछन् ।
ई@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भन्छन्, ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरू र १७५ एटिएम काउण्टरहरू रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरूवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरूवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरूको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै