PRABHU BANK

कामना सेवाको सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्ने सेवा सञ्चालनमा

 kamana sewa bikash bank

  • बैंकिङ संसार

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबार (बैशाख १६ गते) देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 
अव ग्राहकहरुले घरैमा बसेर बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । 
यसै गरी बैंकले बिक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै